utprerana
  • गृहपृष्ठ
  • समाचार
  • देश
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • लेख रचना
  • शिक्षा
  • स्वास्थ्य
  • अनलाइन टि.भि

२०८३ कात्तिक १२ बिहीवार

  • गृहपृष्ठ
  • समाचार
  • देश
    • संघीय
    • प्रदेश
    • स्थानीय
  • अनलाइन टि.भि
  • राजनीति
  • अर्थ
    • कृषि
    • बजार
  • विचार
  • अन्तर्वार्ता
  • लेख रचना
  • शिक्षा
  • स्वास्थ्य
  • अन्य
    • धर्म संस्कृति
    • मनाेरञ्जन
    • खेलकूद
    • अन्तर्राष्ट्रिय

ताजा अपडेट

ट्रेन्डिङ +

तीन अर्ब २१ करोड राजस्व सङ्कलन

Baideshik Rojgar Khabar Sujata Adhikari

२०८१ साउन २ बुधवार ०८:४७

1.8K 

shares

भद्रपुर (झापा), २ साउन : आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९/८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आवमा कार्यालयको रु तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ । “देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा”, उहाँले भन्नुभयो । आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट रु तीन करोड ६४ लाख, ब्याजबापत रु ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत रु एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो । –––
Powered By  Orson Infotech

Post navigation

पछिल्लाे समाचार

टीकापुर अस्पतालमा डायलाइसिस सेवा सुरु

अघिल्लाे समाचार

हरिशयनी एकादशी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा

लाेकप्रिय

Facebook Page

utprerana

Twitter Page

Tweets by utprerananews

सुनाैलाे अनलाईन खबरद्वारा सञ्चालित

utprerana

सम्पर्क

तारकेश्वर-०९, काठमाडाैं ।
+977-9860537220
info@utprerana.com

लिङ्कहरू

  • About Us
  • Our Team
  • Contact Us
  • Advertise with us

साइट नेभिगेसन

  • समाचार
  • लेख रचना
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकूद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • राेचक
  • विचार
  • अन्तर्वार्ता
  • राेचक
  • अनलाइन टि.भि
  • देश
  • प्रदेश
  • संघीय
  • स्थानीय
  • अर्थ
  • कृषि
  • बजार

© copyright 2026 Utprerana Online Khabar | All Rights Reserved

Developed by Multitech