झापाको अर्जुनधारा नगरपालिका–४ बाट भरुवा बन्दुक र चोरीको सामानसहित हिजो राति पक्राउ परेकाहरुलाई आज सार्वजनिक गर्दै सुरक्षाकर्मी । प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ स्थित देवान चोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई सामानसहित पक्राउ गरेको थियो ।