साततले दरबार पुनर्निर्माण सुरु

भूकम्पको कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित विभिन्न आठवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पुर्ननिर्माण सुरु भएको छ । दरबारसहित सम्पदा पुर्ननिर्माणको कार्य वि.सं २०७६ जेठमा काम सुरु गरेर ४५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि कोभिड-१९ लगायत कारणले चिनियाँ पक्षले बिचमा रोकेको काम अहिले पुन : सुरु भएको छ ।