भोजपुरको आमचोक गाउँपालिकामा किसानले गरिरहेको व्यावसायिक लोठसल्ला खेती । आमचोक गाउँपालिका-२ मा सात जना कृषक मिलेर करिब तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती थालेका हुन् । हालसम्म १८ हजार विरुवा रोप्ने काम सम्पन्न भएको कृषक सन्तोष चौलागाँइले जानकारी दिनुभयो।
तस्बिर ः युवराज विष्ट, भोजपुर÷रासस