मध्यपहाडी लोक मार्गअन्तर्गत नुवाकोटको डेउडी–भ¥याङभुरुङ खण्डमा आइतबार रातीको अविरल वर्षाले विदुर नगरपालिका–१३ स्थित दहीचिउरे खोलामा आएको ग्रेगर हटाएर सडक खुलाउन कोसिस गर्दै विदुर नगरपालिकाको ‘हेभी उपकरण’ । नुवाकोटलाई धादिङ हुदै गोरखा जोड्ने उक्त सडकको काम समयमा नहुँदा र विपतले समेत क्षति पु¥याएकाले आउजाउ गर्न निकै कठिनाइ भएको छ ।