विष्णु बहादुर कार्की

टोखा नगरपालिका वडा नं. ४, धापासी

दुई शब्दको जीवन कहानी
जेष्ठ नागरिकः विष्णु बहादुर कार्की
टोखा नगरपालिका वडा नं. ४, धापासी
हाम्रो देश देवभूमि नेपाल काठमाडौं जिल्ल टोखा नगरपालिका वडा नंं ४ धापासी साविक धापासी बसुन्धरा डाडा गाउँमा महोब्यगूल्य गोत्रका पिता केशर बहादुर कार्की माता तुल्सा कुमारीको गर्भबाट १९९९ साल श्रावण १४ गते बुधबार जन्म भएको हो । साधारण लेखपढी दशौं कक्षासम्म अध्ययन छ ।
२०२२ जेष्ठ २६ गते कर्मचारी संचयकोषमा कर्मचारीको रुपमा नियुक्ति भै चौथों तहबाट २०५२ जेठ २६ गते अनिवार्य अवकास लिई घरमै खेती किसानी गदै थिए ।
२०६२ सालमा साविक धापासी १,२,३ र ५ समेतको वडाबासी बुद्धिजीविहरुल्े घरमा आई बोलाएर लगेर मलाई अब तपाईं यस वडामा अध्यक्ष भै ढल, खानेपानी, सडक फराकिलो गर्नको लागि हामीले तपाईलाई यस वडामा परेको कार्यगर्न तपाई मात्र सक्षम हुनुहुन्छ भनि उपस्थित गराएका हौं । मलाई अध्यक्ष बनाईयो र म उक्त पदको कार्यभार समाली ढल छालि निकासा गरे, खानेपानीको व्यवस्थापन गरियो सडक फराकिलो बनाई पिच समेत गरियो ।
०७८/०७९ मा घरमा पटक पटक जनप्रतिनिधि समेत आएर बाटो २० फूटे बनाउने दायाँ, बाँया खानेपानी पाई राख्ने, दायाँ, बायाँ विजुली लाईन, अण्डरग्राउण्ड गरी ढलान समेत गर्ने, तपाईंले पहिले पनि यस ठाउँको कार्यगरी सम्पन्न गर्नु भएको हुँदा यस वडाको हाउजिङ्ग गेटसम्म दक्षिण र उत्तर रामहरि श्रेष्ठको घरसम्म धापासी एकता टोल विकास समितिको अध्यक्ष भै उक्त कार्यगर्नु हुन अनुरोध गर्दछौं । उपभोक्ताको कार्यभार सुम्पिए देखि मेरो आप्‌mनो ३ तले घर समेत भत्काई बाटो २० फूटे ढलान गरियो ।
दुइपटक उपभोक्ता समितिको अध्यक्ष बनिसके पछि मैले मलाई अध्यक्ष बनाउनुहोस् भन्न कहिले गइन । २०७९/८० मा जेष्ठ नागरिकको अध्यक्ष बनाईयो त्यसमा पनि म जेष्ठ नागरिकको अध्यक्ष दावि गरिन । जेष्ठ नागरिकबाटै मलाई जेष्ठ नागरिक अध्यक्ष बनाएको हो
मैले छोटकरीमा मेरा भोगाई अनुभव र विचार यस मार्फत व्यक्त गरेको छु । गल्ती भएमा माफि चाहन्छु ।
विष्णु बहादुर कार्की
टोखा नगरपालिका वडा नंं ४, धापासी काठमाडौं
सम्पर्कः ९८४१८३३२६३