नारायणप्रसाद भण्डारी

टोखा नगरपालिका वडा नंं ७, धापासी

नारायण प्रसाद भण्डारीको परिचय
नारायणप्रसाद भण्डारी २००४ साल जेष्ठ २१ गते मंगलबार गुल्मी जिल्ला हुँगा गाविस सत्यवती निवासी बाबु मुखिया श्री प्रेम नारायण भण्डारी आमा बल्लवा भण्डारीको कोखबाट जन्म लिएको हो ।
म ८ वर्ष पुग्दा ब्रतबन्ध र विवाह भएको हो । पाल्पा जिल्ला तम्सिगल सोमादी निवासी लोकनाथ पोखरेल कि छोरी श्रीधरा पोखरेल संगा मेरो विवाह भएको हो । मैले गुल्मी धुर्कोट वस्तु हिमालय मा.विमा कक्षा ८ सम्म पढ्न पाएको थिएँ । यता घरमा बुबा विरामी भई स्वर्ग जानु भयो मैले पढ्न जान पइन त्यति बेला गाउँमा स्कुल खोलिएको थिएन । संस्कृत, चण्डी, रुद्री पढ्ने पाठशाल थिए ।
गाउँले दाजुभाई जम्म भै यस्सो सरसल्लाह गरी नारायण पढेर आएका छन् उनैलाई राखि स्कुल खोलौं भन्ने सरसल्लाह गरी मलाई सबै दाजु बाबु, दिदी बहिनी आमा सबैले सारै कर गरी २०१६ साल असार २५ गते स्कुल स्थापना गरी बसे क्लास सुरु गराइ स्कुलको नाम जन विकास प्राइमरी नामाकरण गरी संचालन गरे । २०२० सालम स्कुलबाट नै पाल्पा तानसेनमा मर्मला तालिम प्राप्त गरे दुई वर्ष पछि २०२२ सालमा पुन स्कुलमा नै गए । क्लास बृद्धि हुँदै जाँदा निमावि गरी विद्यार्थी ८ क्लास पास भएपछि हाइस्कुल खोल्न थालियो ।
मैले अध्यापन बढाउन नपाएर बानरस गई शिक्षा प्राप्त गरेको थिए ।
२०२६ सालमा पञ्चयती व्यवस्थामा चुनाव भयो मलाई सबैले जोड गरी उपप्रधानपञ्चमा उम्मेदवार हुन बाध्य गराउनु भयो । हरि प्रसाद भण्डारी प्रधानपञ्चमा विजयी हुनुभयो तर उहाँ एक महिना मै विरामी परि स्वर्गवास हुनु भयो । त्यो भार बोकी २०३१ सालसम्म प्रधानपञ्च भै ५ वर्ष विताएको थिएँ त्यतवेला दुईतिर काम गर्न पाइने व्यवस्था थियो । २० वर्ष प्र.अ. भै २० वर्ष मा.वि.मा स–प्रधानाध्यापक भई पढाई बसें । मेरै कार्यकालमा हाइस्कुल भवन बनाउने, स्कुल खोल्ने, बाटो घाटो सोहोर्ने वडा वडामा स्कुल खोल्ने मन्दिरहरु बनाउने मेरै कार्यकालमा भएको थिए । २०५६ सालमा ४०वषए पुरा गरी अवकास लिएको थिएँ ।
मेरो छोरा ३ भाई १ छोरी छन् जेठो छोराको परिवार काठमाडौंको कलंकीमा बसोबास गर्दछन् नाति ठूलो एम वि.एस डक्टर छ । कान्छो नाती सिए गरेको छ, जेठी बुहारी स्वास्थ्यमा स्थायी जागिरे छन् । माइलो छोरा ग्राण्डी हस्पिटल नजिकै जुत्ता कारखाना खोलेको छ, उनि बसुन्धारमा आप्‌mनै घर किनी बसेका छन् । कान्छो छोराले पनि धापासी आप्‌mनै घरमा जुत्ता कारखाना संचालन गरेर बसेका छन् । छोरी नातिनीहरु यहि धापासीमा नै छन् । ठूलि नातिनी अष्ट्रेलिया गएकी छन् । मैले गुल्मी हुँगाको जग्गा जमिन गर खानु भनि दिएको छु। तमघास सदरमुकाम गुल्मीको भर भाडामा दिएको छु । तराई भैरहवाको जग्गा कुतमा दिएको छु ।
हाल म टोखा नगरपालिका धापासी वडा नं ७ मा बसेको छु । यो कार्यकाल भन्दा अगाडि जेष्ठ नागरिकको आजीवन सदस्य लिई कार्यकारिणी सदस्यमा रहि काम गरेको थिएँ । हाल आएर जेष्ठ नागरिक कार्यालयमा गएर अग्रज विद्वान दाजु दिदी बहिनीसँग भजन र्कीतन नाच गान गरी समय विताएको छु । भन्दै मेरो जीवनीको परिचय दिँदै विदा लिन्छु ।
जय नेपाल
नाम नारायणप्रसाद भण्डारी
टोखा नगरपालिका वडा नंं ७, धापासी
सम्पर्क ९८४७१०५५२२