श्रीधरा भण्डारी

टोखा नगरपालिका वडा नंं ७,

श्रीधरा भण्डारी
श्रीधरा भण्डारीको परिचय
श्रीधरा भण्डारी २००४ साल पौष १२ गते आइतबारको दिन पाल्पा जिल्लाको सोमादि गाउ पञ्चायत वडा नं ६ गौरार भन्ने ठाउँमा बाबा लोकनाथ पोखरेल तथा आमा हरिकला पोखरेलको कोखबाट जन्म भएको हो । दाजीहरु चार भाई मध्ये म एउटी छोरी देउराली देवीको भाक्कल गरी जन्म भएको हो गरे । त्यति बेला स्कुलहरु त्यहा खोलिसकेको थिएन त्यसैले मैले पढ्न तथा लेख्न पाइन ।
साधारण सक्षरता मात्र भै चित्त बुझाउन परेको छ । म ८ वर्ष मा के भएकि थिएँ २०१२ साल असार १८ गते गुल्मी जिल्ला हुँगा गविस वडा नं २ सत्यवती श्री प्रेम नारायण भण्डारीको छोरा श्री नारायणप्रसाद भण्डारी सँग मेरो विवाह भयो ।
२०२६ साल जेठ २६ गते मेरो पहिलो छोराको जन्म भयो त्यसपछि ०३२ साल ३४ साल र ३७ साल गरी ३ भाइ छोरा र १ बहिनी छोरीको जन्म भएको छ ।
गुल्मी जिल्ला हुँगाको सम्पत्ति त्यतिकै राखी मेरा छोरा–नातीहरु काठमाडौंमा व्यवसाय चलाई बसेका हुनाले हामी पनि यहि टोखा नगरपालिका वडा नं ७ धापासीमा बस्दै आएका छौं । र हामीलाई दिन विताउन जेष्ठ नागरिकको आजीवन सदस्य लिएर बसेकी छु । मेरो जीवनको सानो परिचय यति भन्दै विदा हुन्छु ।
धन्यवाद । जयनेपाल
श्रीधरा भण्डारी
टोखा नगरपालिका वडा नंं ७, फोनः ९८६७२४०२२२