लोकनाथ पौड्याल

टोखा नगरपालिका वडा नं ६,

म लोकनाथ पौड्याल र श्रीमती तेजमाया पौड्याल टोखा नगरपालिका वडा नं ६, विराटनगरबाट २०७४ सालमा बसाई सराई गरि आइयो । बुबा चन्द्रमणी पौड्याल तथा माता पार्वती पौड्याल, बागलुङ सल्यान गाविसबाट करिब सम्वत १८८०तिर भारत र वर्मा अग्रेजको राज्य थियो एउटै राज्य हुँदा कलकत्ताबाट बर्मा (म्यानमार) पानी जहाजबाट आमा बुबा सातदिन सातरातमा एकजनाको भाडा २ रुपैयामा बर्मा पुग्नु भयो बर्माको उत्तर मेगोक भन्ने ठाउँमा जमिन कन्नि नपर्ने जंगल फाँडेर बस्न मिल्ने गाई भैसी पालेर बस्नु भयो र व्रिटिस सरकारको रुपी मानरुपी ल्याण्ड रत्नभूमिमा मणिकरत्न नियम पुष्पराज पत्थरको महिनामा प्रति महिना ५० पैसा तलबमा बुबाले काम गर्नु भयो । आमाले गाइ पाल्नु भयो,(त्यहाँ बस्दा) १९८० बाट २००० सालसम्म हामी ५ भाई र ३ बैहिनीको जन्म भयो । म सबभन्दा कान्छो भाई २००० साल माघ १९ गते मंगलबार अष्टमी तिथी रात्री १२ बजेजन्म भयो । ठूलो हुँदै स्कुल पढ्दै । मंगलबार अष्टमी तिथी रात्री १२ बजे जन्म भयो । ठूलो हुँदै स्कुल पढ्दै बर्मिस ४ क्लास र मेट्रिक पास र संस्कृतमा पूर्वमध्यममा पढी शास्त्रीको जाँच दिन पाइन पढाई यत्ती मात्र बर्मा बस्दा पत्थरको व्यापार र आप्‌mनो गाई भैसी दुध बेच्ने काम गरें ।

२०२१ साल बैशाख २७ गते २०० किलोमिटर दक्षिण च्याउ मे भन्ने ठाउँमा पराजुली कि छोरीसँग मेरो विवाह भयो । २०१२ सालमा ठूलो दाजु बागलुङ्ग हजुरआमालाई हेरचाह गर्न नेपाल आउनु भयो । बुबा पनि २०२० सालमा नेपाल आउनु भयो । आमा त २०७२ सालमै परलोक हुनुभयो हामी ५ भाई मध्ये काँइला लाजु २०२० सालमै निधन हुनु भयो । पहिला अंग्रेजको राज थियो । जापानले राज्य गरेको थियो जापानबाट व्रिटिस ब्रिटिसबाट १९४८ सन् जनवारी ४ तारिकमा वर्मा स्वतन्त्र भयो बर्माको राज्य चलिरह्यो । करिब सन् १९६३–१९६४ तिर र्माले सबै राष्ट्रियकरण गर्‍यो । व्यापार विजनेश गर्न बर्माको नागरिकता लिनु पर्ने भयो । हामीले बर्माको नागरिकता बन्न चाहेनौं र माृतभूमी नेपालमै जान्छौं भनेर ५० रुपैया कर तिरेर बस्यो र म पनि २०२२ साल मंसिर महिनामा नेपाल श्रीमति सहित बर्माबाट ३५० भाडा तिरेर कलकत्ता आइयो हामीलाई मातृभूमि नै जाने वर्माको नागरिक नहुने भनेर आइयो, अरु कतिपय नेपाली बर्मा मै छन् । विमानबाट कलकत्ता आई पुगियो साथमा ससुरालीहरु पनि ८–१० जना थिए एयरपोर्टबाट ट्रकमा हालेर पहिले आउने जाने गर्दा बस्ने बुबाहरुको ठाउँ धर्मशालाको अगाडि उतारेर छोडि दियो धर्मशालामा मुद्दा परेकोले बस्न पाईएन वरपर मन्दिरहरु पनि कतै खालि थिएनन् होटलमा बसौं भने बर्मामात्र १ जनालाई ७५ रुपैयाँ मात्र दिएको छ । नेपाल पुग्नुपर्ने सारै आपत पर्‍यो । वेड विस्तरा सामान सबै सडकमै छ । विहान १० बजेबाट दिउँसो ५ः३० बजेसम्म सारा खोज्दा मन्दिर धर्मशाला केही पाईएन, निरास भएर बसेको बेला मैले एउटा ट्रकले काठ झार्दै गरेको देखेर ड्राइभरलाई एउटा चुरोट दिएरु “भाइसाव आप कुछ मद्त करेंगें” उसले भन्यो हामी वर्माबाट आएको होटल बस्ने पैसा छैन, धर्मशाला मन्दिर कुनै पनि खाली छैन भन्दा “देखिए हम और कुछ कर नहि सकते यहि आप लोग हमारे मालिक के लकडी गोदाम में जायेंगे तो चलिये, ट्रकमें सामान डालिय भन्यो, हामी खुसी भएर ट्रकमा सामान चढाएर गोदाममा गयौं तरवतिको गोदाममा तखता माथि विस्तरा लगाएर खाना आफैले कायेर खायेर भोली विहान हवडा स्टेशनबाट हामी जोगवनी विराटनगर केही ससुरालीहरु नौतनवा भैरहवा तिर लाग्यौं । विराटनगर आइपुगियो वडा नं. १ ठूलो दाजु हुनुहुन्थ्यो । केही समय सुख दुःख सँगै बसियो अनि बर्माबाट आउने प्रवासीलाई महेन्द्र सरकारले जग्गा दिने भनेर विराटनगरबाट ४० किमी पूर्व बोर्डर छेउमा १ परिवारलाई ३ विगाह र बस्न ३ कठ्ठा दिने भयो र झोडामा अब दुख का दिन आए त्यहाँ गएर ठेकेदारको काम गरेर आज कमायो आजै खायो, भोली कमायो भोली खायो गरी दिन विताउनु पर्‍यो, बर्मामा राजपाट जस्तै सबेको यहाँ यस्तो हालत भयो जिमनको लकडी निकास हुन समय लाग्यो अनि वर्माबाट १ जनालाई डेढ तोला सुन र आइमाइले लगाउने कल्ली २ थान सुन तोलाको रु. ३०० लिएर चाँदी थोरै चल्ती दामले बेचेर १ विगाह खेतबाली समेत २०२४ सालमा १००० मा लिएर अनि हातमुख जोड्न सफल भयो । रहँदै बस्दै जाँदा झोडा अनादि गरि यो, त्यहाँ प्रवासीहरु करिब १२० घर बसोबास गर्दै जाँदा बालबालिकाहरुलाई स्कुल आवश्यक पर्‍यो ३ कक्षासम्म संचालन गर्न सरकारसँग माग गरियो र त्यसपछि ५ कक्षासम्म संचालन गरियो । सरकारबाट २ जना शिक्षक दिइ अरु आफ्नै श्रोतबाट संचालन गरियो । त्यसपछि स्कुल संचालक समितिको अध्यक्ष भए श्री सरस्वती विद्यालयलाई अनेक प्रयत्न गरें म १० वर्षसम्म अध्यक्ष भएर श्री सरस्वती मा.वि.समम पुर्‍याएर विदा भएँ । जिल्ला शिक्षा अधिकारीबाट प्रशंसापत्र पाएँ विद्यालय मै पनि सम्मान गरेर विदा गर्‍यो २०२४ साल देखि २०३७ साल सम्म वित्यो।
मेरा सन्तान छोरा–२, छोरी–३ भए एक दिन मान्मा बुढा पुरानाले भनेको उखान याद आयो जंगलको बास, कलको उदास भन्ने अनि म बिराटनगर आएँ परिवार उतै छन् एक्लैले केही गर्नु सकिदैन के गरुँ त भन्दा भान्जा भतिज लिएर किराना पसल, ग्रील उद्योग र केही पछि किनेका खेत बेचर बास किनेर सञ्चालन गरी २ वोटा बससम्म भए । केही समय पछि आ–आफ्नो का मगर्न अलग गरी यो विराटनगर पनि घर बनाईयो सबै ५ जना छोराछोरी वि.ए.सम्म पढेपछि कान्छो छोराले कीर्तिपुरबाट अंग्रेजीमा एम ए गर्‍यो, ठूलो मावली जान्छु भनेर भैरहवा तिर लाग्यो र मामासँग २५ प्रतिशत शेयर हालेर व्यापार सुरु गर्‍यो हाल १०० प्रतिशत आप्‌mनै भयो गल्लामण्डिमा घर पनि बनयो ठूलो छोराको नाम मदन पौड्याल, कान्छो छोराको नाम देवेन्द्र पौड्याल, ठूली छोरीको नाम जमुना, माइली निर्मला र कान्छी छोरी पार्वता सबैको विवाह भयो, ठूलो ज्वाई खेमराज भट्टराई, डबल एम ए पोखरिया माविका प्रधानाध्यापक, ठूली छोरी पनि एम ए. एम.एड त्यही सहायक शिक्षक, माइला ज्वाईं मा.वि. शिक्षक झोराहाट र कवि र नाटक लेखक भरत गुरागाई माइली छोरी प्रा.वि. शिक्षिका, कान्छी छोरी सुब्बा यातायता नायाँबानेश्वरमा उसले पनि एम ए गरिन कान्छा ज्वाई हेमन्त ढकाल सुब्बा निर्वाचन आयोगमा, ठूली बुहारी लता पोखरेल –पौड्याल) कान्छी बुहारी अञ्जु पौड्याल, (न्यौपाने) ठूलो बाबुका छोरा १ छोरी १ सिमरन र शिशिर, कान्छाका छोरा छोरी–३, अर्नक, अर्सुया, एडन यिनीहरु डिभि परेर अमेरिका छन् । पहिला क्यालिर्फोर्निया पछि टेक्ससको हुस्टन पछि फेरी डालसमा घर किनेर बसेका छन् । ठूलो छोराको व्यापार होलसेल गल्लामण्डी भैरहवा मा छ । हामी बुढाबुढी श्रीमती ३ पटक अमेरिका गइन म २ पटक अमेरिका २ पटक बर्मा गए १ पटक तलको बाटो गुहाटी, मनिपुर हुँदै गएँ । अर्को पटक माथिबाट सिंगापुर, ५ दिने भिसामा बसेर १ महिना बसेर आएँ । विराटनगर बस्दा पनि टोल विकास समितिको अध्यक्ष नै बनाए इमान्दार हुँदो रहेछ । अब धैरै नलेखौं पहिला हुँदा खाने थियौं अहिले हुने खानी भयौं । कसरी भयौं त इमान्दार संघर्ष परिश्रम सहनशील मूल्याङ्कन यही नै हो । सार्वजनीक समितिमा रहँदा १ पैसा पनि हिनामिना नभएकोले नै प्रगति भएको हो । यो त सांसारिक अब अलिकति आध्यात्मिक पनि विचार गरौं । विराटनगर बेचें काठमाडौं टोखा ६ मा घर बनाए मैले गरे मैले बनाए भनेर लेखें तयो सबै मैले गरेको होइन म त निमित्त मत्र हो गर्ने गराउने सबै भगवान हुन किन भने हाम्रो हृदयमा बसेका छन् । हाम्रो मनले गरेको तनले गरेको सब नोट गर्दछन् । हाम्रो काम इमान्दार, कामवान परिश्रमिक छन् । भने अधिवडाउँछन् क्रोधी, घमण्डी झुट, कपट गर्नेलाई तल झार्दै लैजान्छन् । यो सत्य हो परोपकार धर्म हो भनि अर्कालाई पिडा दिने पाप हो । आफूलाई चिन्यो भनि भगवानलाई चिनिन्छ । पहिलाको जन्मको प्रभावले यो जन्मको सुख, दुःख हो यो जन्मको प्रभावले अर्को जन्मको राम्रो नराम्रो हो । यसमा दुविधा छैन ।

सर्वे भवतु सुखिन, सर्वेसन्तु निरामय, सर्वे भद्राणी पश्चयन्तु माश्चित

समाप्त