जीवन कहानी
मेरो नाम भन्नालाल महर्जन हो । मेरो जन्म २०१० साल बैशाख पूर्णिमाको चतुदर्शीको दिन टोखा नगरपालिका झोरमहांकाल गाविस वडा नंं ३ पीकाडोनाममा जन्म भएको हो । मेरो नाम भन्नालाल महर्जन, बुबाको नाम वान महर्जन, मुमाको नाम अनललक्ष्मी महर्जन । बुबा २०१७ सालमा स्वर्गारोहण हुनु भयो मुमा २०५० सालमा स्वर्गीय हुनु भयो । मेरो बुबा वित्दा म जम्मा ८ वर्षको थिए मेरो कहानी सुन्दा सबैलाई विश्वास नलाग्न सक्त । ८ वर्षदेखि काम गरेर हिड्दा सबै छक्क पर्थे १ रुपैयमा दिनभर खेतमा काम गरी १५ पैसामा सहरमा ज्यामी काम गरी १–२ रुपैयामा दाउरा बेच्न पनि हिडें । ३ पटकसम्म नराम्रोसँग विरामी परे डाक्टर, धामी झाँक्री सबैलाई देखाउदा कसैले पनि बाच्छ भनेका थिएनन् । जीवनमा अनेकन समस्या आए । दशरथ रंगशालामा डिउडी गर्ने गरी सरकारी जागिर खाएँ । कहिले ठेक्का पट्टाको पनि काम गरें । १ वर्षसम्म घुमेर पनि अहिले २०७२ साल देखि काम छोडेर भगवानको कृपाले आनन्दले बाँची रहेको छु । आजभोली भजन र्कीतन गर्ने, मठ–मन्दीर जाने गरी रहेको छु । २ पटक नाडाली तीर्थ पनि गएँ, इन्डिया पनि गएँ । जीवनमा अनेकन उतार चढाब बाधा व्यवधान आए तर पनि भगवानको कृपा र यहाँ हरुको अर्शीवादले आनन्द सँग जीवन विताईरहेको छु ।
सम्पर्क नं ९८१३८५३१२६