श्री तारा बहादुर थापा

टोखा नगरपालिका वडा नं ४

श्री तारा बहादुर थापा
जेष्ठ नागरिक–टोखा नगरपालिका वडा नं ४
संयोजकः रिटार्यड ह.न. सुवेदार, इन्डिया
नेपाल अधिराज्यको स्याङ्गजा जिल्ला अर्जुनचौपारी गाविस वडा नं. ४ हाल वडा नं १ रैते गाउँको थापा व्यरमा मेरो जन्म भएको थियो बाल्यकाल गाउँमै साथीभाईसँग पढाईको सिलसिलामा विल्यो । गाउँका युवाहरु भारतिय सेना तथा नेपाली सेना, व्रिटिस सेनामा भर्ती भएर छुट्टिीमा आउँदाको रमाइलोलाई देखि मेरो मन पनि लाहुरे हुने इच्छा जग्यो र पढ्दा पढ्दै २०३३ साल भदौ १० गतेका दिन गाउँमा भर्तीको लागि इन्डियाबाट केही टोली आएको थियो, बूबा आमा तथा दाजुभाई दिदी बैनीको सल्लाह अनुसार १८ वर्षको उमेरमै म इन्डिया आर्मीमा भर्ती भई बनारस मा २ वर्ष ट्रेनिङ्ग गरी ५/९ जिपिआर मा जम्बु कास्मिरमा गई जागिर २६ वर्ष गरी आफ्नो शरिर सहि सलामत लिएर पेन्सन लिएर २०५९ भदौ १७ गते अवकासप्राप्त गरी आफ्नो जन्मस्थल आई त्यस पश्चात काठमाडौंको टोखा नगरपालिका वडा नं ४ स्थित धापासी श्री कृष्णमार्ग एरियामा घर बनाई बसोबास गर्दै आएको छु ।
सैनिक सेवाबाट अवकास भएपछि मनमा समाज सेवा गर्ने इच्छा जाग्यो र सबभन्दा पहिला कृष्ण मन्दिरदेखि जनकल्याण चोकसम्म बाटो पिच गर्नेमा कार्यसमितिमा बसि जिम्मेवारी निभाईयो । त्यसपछि २०७२ सालमा भारतिय सेना नेपाली सेना, व्रिटिस सेनाबाट रिटार्यड भएका साथीहरुलाई जमघटको लागि घर घरमा गएर नाम नम्बर टिपेर धापासी श्रीकृष्ण मन्दिरमा भेला भई तदर्थ समिति गठन गरियो । त्यसपछि संस्था जिल्ला प्रशासन कार्यालयमा पूर्वसैनिक सेवा समाज नेपाल नाम राखी दर्ता गरियो तयसमा योगदान तारा थापा र मेघराज टन्डनको ठूलो योगदान रहयो । त्यस पछि उक्त समाज सेवामा सक्रिय भई काम गर्दै जाँदा सबै जनताको मन मूटुमा बसी २०७९ सालमा वडा सदस्इको टिकट मिल्यो, नेपाली काँग्रेसबाट टोखा न.पा. वडा नं ४को वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि भई जनताको सेव गर्ने अवसर मिल्यो र हाल जनताको सेवामा नै अहोरात्र खटिरहेको छु । मेरो इच्छा पूरा हुने विश्वास जनताप्रति तथा भगवना ३३ कोटि देवी देवताहरुसँग बारम्बार सफलताका लागि प्रार्थना गर्दै आएको छु । भगवानले मेरो इच्छा पुरा गरुन सफलताको लागि प्रार्थना गर्दछु ।