अ.प्रा. उप सेनानी पूर्ण बहादुर पोखरेल

अ.प्रा. उप सेनानी पूर्ण बहादुर पोखरेल

म २०११ साल जेठ २८ गते लुम्बिनी अञ्चल पाल्पा जिल्ला भैरवस्थान गाविस हाल रिब्दीकोट गाउँपालिका वडा नं ४ ढेकुलडाँडामा जन्म भएको बुबा रत्न बहादुर पोखरेल, आमा उम कुमारी पोखरेलको जेष्ठ सुपुत्र हो । मैले भैरव जनता माध्यमिक विद्यालयबाट शिक्ष हासि गर्ने सुवर्ण मौका पाएको थिए । माध्यमिक स्तरको शिक्षा प्राप्त गर्ने वित्तिकै साथी भाइको लहैलहैमा जागिर खान जाने हुटहुटी चल्यो घरमा सरसल्लाह नगरी भागेर जागिर खान गए मिति २०३२ साल श्रावण १ गते नेपाल अजिमा भर्ना भए तालिम टे्रनिङ्ग बुटवल तालिम सेन्टरमा गरें तालिम प्रश्चात काठमाडौंको नयाँ गोरख गणको दरबन्दीमा सरुवा भए गणमा हाजिर हुनासाथ मैले खटन पटन तथा अफिसमा प्रशासन तर्फ काम गर्ने मौका पाएँ र १ वर्ष पछि अम्लदार कर्मचारीमा पदोन्नती भई सामान्य प्रशासन मन्त्रालयबाट प्रशासनबाट प्रशासन सम्बन्धी तालिम, लेखा तथा जिन्सी तालिम गर्ने मौका पाएँ । नेपाल आर्मीको गुल्म, गण बाहिनी तथा आर्मी हेडक्वाटरको विभागहरु र विकास निर्माणको कार्यभार (कटारी ओखलढुङ्गा सडक सनर्माण) समेत प्रशासन तथा एकाउण्टेन्टको कार्यभार समाली सफलतापूर्वक ३७ वर्षे सेवा गरी २०७९ साल आषाढ मसान्तमा अवकास भई टोखा न.पा. वडा नंं ४ धापासीमा आई बसें पछि श्रीमती सत्यदेवी पोखरेलको अध्यक्षता तथा संरक्षणमा भगवान श्री सत्य साइबाबाको भजन र्कीतन गर्न स्थानीइ बासिन्दा तथा भक्तहरुको सरसल्लाह र सहयोगबाट मन्दिर निर्माण गरिएको छ । स्थान विशेषमा बाँकी जीवन भजन कृतन गर्ने सेवा सहयोग र देशको रक्षा गर्ने प्रतिबद्धतामा दृढ रहने छु ।
सेवा अवधिमा विर्सन नसक्ने कहाली लाग्दो घटना तथा कार्यहरु
१. २०४४ साल आषाढ महिनामा मुस्ताङ्गमा सरुवा भई गए प्रायः महिनै पिच्छे आउने जाने गर्थे धेरैजसो प्लेनमा प्लेन नपाए हिडेर पनि जान्थे एक पटक जाडोको महिना थियो प्लेन पाइन हिँडेर गएँ बेलुका कालापानी लेतेमा बास बस्न पुगें लेतेमा नै बसें अर्को दिन बिहान उठी चिया पिइ मुस्ताङ्ग तर्फ लागें एक्लै थिए करिब आधा घण्टा हिँडीसके पछि अचानक जंगलको नजिक पुग्दा ठूलो आँधी बेहरी हुरी बतास आयो म अगाडि बढ्न त के उभिन पनि सकिन हावाले उडाएर काली गण्डकीमा पुर्‍याउँछकी भन्ने डर लाग्यो एउटा ढुङ्गाको कपेराको आडमा ६/७ घण्टासम्म मैले विर्सन नसक्ने पहिलो घटना थियो ।
२. २०४६ फाल्गुणमा मुस्ताङ्गबाट सरुवा भई बागलुङ्गमा कार्यरत रहँदा अचानक मेरो दाहिना कोखतिर कुटु कुटु पेट दुख्यो म उठेर हिड्न नसक्ने भए मेरो श्रीमतीले ब्यारेकमा खबर गरिन मेडिकलले स्टेचरमा अस्पताल पुर्‍याउँछन् डाक्टरले यहाँ उपचार हुन सक्दैन भने पछि राती ११ जे कसरी काठमाडौं पुर्‍याउने पोखरा बागलुङ्ग गाडि बाटो थिएन, अफिसले राति नै डाक्टर सहितको हेलिकप्टर झिकायो र बिहान ६ बजे मलाई लिन हेलिकप्टर बागलुङ्ग पुगेछ । मलाई लिएर काठमाडौं छाउनी हस्पिटलमा ९ बजे मेरो अप्रेसन भई सकेको र १ घण्टा ढिलो भएको भए ब्रष्ट हुने रहेछ, एपेन्डिसाइटिस् भएको रहेछ । बिर्सन नसक्ने दोश्रो घट्ना थियो ।
३. सेवा अवधिमा २ पटक शान्तिसेना –ग्ल्) जाने मौका पाए पहिलो पटक २०५० साल बैशाख महिनामा युगेस्लाभाकियाको क्रोसिया देशमा गए मैले लजिस्टिकमा काम गर्ने जिम्मेवारी पाएको थिए वरिपरिका ३/४ राष्ट्र घुम्ने मौका मिलेको थियो ९ महिना पछि भए ।
दोस्रो पटक २०६६ साल भाद्र महिनादेखि फल्गुण महिनासम्मको लागि लेवनान देशमा गएको थिएँ मैले साधारण डिउटीको जिम्मेवारी पाएको थिएँ । लेवनाव र इजरायलको सिमानामा

सुझावः
विकास तथा उद्योग र रोजगारी नभएको कारण धेरै युवाशक्तिहरु विदेशिएका छन् । गाउँको बत्ती खाली भई सकेको र खेती बाल जग्गा बाँझिएकोले बृद्ध बुबा आमाहरु अप्‌mटेरोमा परिसक्नु भएको छ, सरकारले समयमै ध्यान पुर्‍याई रोजगारीको व्यवस्था र्सिजना गरी युवा शक्तिहरुलाई विदेशीनबाट रोक्नसक्नु पर्छ ।

अ.प्र. उपसेनानी पूर्ण बहादुर पोखरेल
९८४००६४४४५।