शुशीला लम्साल

टोखा–४, जेष्ठ नागरिक सचिव

जे गर्छ समयले नै गर्छ

मेरो नाम सुशीला लम्साल हो, मेरो जन्म गोरखा जिल्लामा भएको हो । गोरखाबाट चितवन हुँदै हाल काठमाडौ जिल्ला टोखा नगरपालिका वडा नं ४ मा बस्छु । मेरो बाबा आमाकी छ सन्तान मध्य जेठो सन्तानको रुपमा जन्मीएकी म जेठी छोरी हुँ । समय वित्दै जाँदा म हुर्किदै गए त्यसपछि मेरा बाबाले मलाई विद्यालय पठाउन थाल्नु भयो त्यतिबेलाको समयमा छोरीलाई पढाउनु हुँदैन भन्थे । छोरी विवाह गरेर पराई घर पठाउने छोरालाई मात्र पढाउने माहोल थियो । केटी मान्छे कोही विद्यालय जाने नभए पनि मेरा बाबाले मलाई वल्ला घर दाजु पल्लाघरको काकाहरुसँग विद्यालय पठाउनु हुन्थ्यो । केही समय पछि मेरो विवाह भयो म मेरा श्रीमानको नविन गृह प्रवेश गरें पछि त्यो सम्बन्ध र समय फेरी बदलियो अनि म बुहारी बनें त्यो बेलाको बुहारीलाई राति ढिकी जाँतो गर्नु पर्ने दिन भर खेतिपाति बस्तु पाल्नु पर्ने राति नै टाढाका जंगलबाट पानी बोकेर घर ल्याई सूर्य नउदाउँदै घर सरसफाई (लिपपोत गर्नु पर्ने यि कामले मलाई फेरी विवस नै गरायो । त्यति बेला मैले थोरै भएपनि बुझेकी “सबै पाठ किताबी ज्ञानबाट मत्र बुभ्‌न नसकिने रहेछ । हामी १ रथका दुई पाँग्रा बनेपति म बच्चाको आमा बने, मेरा ४ सन्तान छन् ।

मेरा श्रीमान विद्यालयको शिक्षक हुनुहुन्थ्यो त्यो समय म सामाजिक क्षेत्रमा काम गर्थै धेरै राम्रा कार्य बापत म अमेरिका जाने अवसर पाएँ । यो मेरो जीवनकै सबैभन्दा ऐतिहासिक कुरा थियो । हरेक क्षेत्रमा मलाई मेरा श्रीमानले साथ सहयोग दिनुहुन्थ्यो । उहाँको प्रेमले आज म दुएकुरा कोर्न बोल्न र लेख्न सक्ने भएँ त्यसकारण म जहाँ बसे पनि सामाजिक क्षेत्रमा काम गरिरहेको छु । हाल म जेष्ठ नागरिकको सचिव पनि छु र सम्भव भएसम्म गर्ने नै छु । समय हो वित्दै गर्दा म हजुरआमा पनि बने हरेक मानिसको आप्‌mनो समय वितिरहेको हुन्छ कुनै कुनै कुराहरु जटिल र सामान्य पनि पर्छन जे जस्तो आइपरेपनि स्वीकार गर्नु पर्ने रहेछ । २०७९ फागुन १४ गते मेरा श्रीमानको देहान्त भयो त्यो समय म मेरो संसार बदलियो यो अवस्थामा म पानी विनाको माछा जस्तै तड्पिरहेको छु । किनकी ५५ वर्षको सहयात्राको बाटो पनि समयले नै फरक गरायो एक चिम्टी सिन्दुरले जोडिएको हाम्रो नाता त्यो सिन्दुर समयले नै पुछिदियो । मेरो अन्तर आत्माको भावना बुभ्‌ने –माया) मानिससँग बिछोड गरायो अब सधैं उहाँको यादले तड्पेर बाँच्ने बनायोे त्यतिमात्र होइन भगवान अब मैले कहिल्यै नदेख्ने र नभेट्ने गरी हाम्रो सहयात्राको बाटो पनि त्यही समयले फरक गरायो मेरो जीवनको कहाली लाग्दो समयलाई पनि मैले भगवानसँग अन्जुली थापी स्विकार गरेको छु ।

म भन्छु कि करोडौंमा जन्म लिँदै लाखौैंमा हुर्किदै हजारौंसँग लड्दै सारा कुरालाई जितेपनि जीवन मृत्युसँग हार्नै पर्ने रहेछ किनकी मेरो घर अस्पतालनै थियो (न्युरो डा. बुहारी ज्योती, कन्ति अस्पतालमा कार्यरत छन् । छोराछोरीबाट केही कुराको कमि भएन तैपनि समय कति बलबान रहेछ हरेक मानिसको जन्म पछि मृत्यु ध्रुवसत्य नै रहेछ । यो समय भनेको जेष्ठ नागरिकप्रति गरिने घृणा, तिरस्कारको विकृति दिनप्रतिदिन फष्टाई रहेको छ । १० महिना गर्भमा बोकेर लालन पालन शिक्षा, दिक्षा दिई कमाउने बनाएपछि उसको छोराको विवाह पछि श्रीमतीको कुरा सुनि वाबा आमालाई घृणा, तिरस्कार गरी बोझ सम्झन्छन् छोराहरु । धिक्कार छ त्यस्ता छोरालाई बुढो हुनु सबैले पछ जन्म पछि मृत्यु सत्य छ भन्ने जान्दा जान्दै पनि किन अघिपछि घुम्ने चक्रमात्रै फरक हो किनकी पहिला बुहारी हुँदाको पिडा जेष्ठ नागरिक प्रति गरिने अपमानले त हामी दोहोरो पिडामा परेका छौं । अर्को तिरबाट हेर्दा देशमा रोजगार नपाएरु प्रत्येक घरका नारी पुरुष विदेश पलायन हुन परेको छ । खेति योग्य जमिन उजाडिँदो छ ।

दिनप्रतिदिन कयौं ठाउँमा जंगली जनावारको कारण मानिसको ज्यान गएका समाचार सुनिन्छ । गाउँमा विरामी पर्दा अस्पताल ल्याउन समेत गाउँमा मान्छे छैनन । सरा संरचना आफ्‌नै हुँदा पनि खान नदिने देख्न नसकेर बासै खेद्यने प्रवृत्ति बनेको छ । ती घरमा एकल महिला एकल पुरुष छन् । नातिनीहरुलाई आप्‌mनो सम्पत्तिबाट बन्चित गराएर भोक लाग्दा खान नदिने र लाज छोप्न हरमा कपडा नहुँदा यो समय कस्तो होला सबैले गंभीर भएर सोचौं । जन्म दिने आमा बाबुलाई सन्तान कुन बेला केका लागि चाहिने हो । उनिहरुबाट माया नभएपनि आप्‌mनो कर्तव्य त पुर ागर्नु पर्थ्यो नी । जब म एकल बने मैले सोचेकि पेटभर खान र एउटा टालो लगाउन कहिँ कसैबाट आस गर्न नपर्दा पनि अनेकौं रोग र पिडाबाट मर्माहित छु । दिन दिन मेरा बुढ्याई बढ्दै जाँदा मेरा हात गोडा चल्न नसक्दा त्यसैले भन्छु कि एकल महिलालाई मात्र होइन पुरुषलाई पनि एक्लै भएको अववस्था र आप्‌mना संरक्षक नभएकाहरुलाई संघ संस्था, समाज सबैबाट सोच्नु पर्ने अवस्था आएको छ । मेरा भोगाइका अनुभवबाट कष्टकर जीवन सबैभन्दा त्यही बुढ्याई रहेछ । यहि बेला श्रीमती नहुँदा श्रमिान नहुँदाको पिडा भनदा पनि साथी नहुदो रहेछ । मलाई मेरा श्रीमानको यादहरुले दिन रात मेरा आँखाका परेलि भिजि रहेका छन् । हरेक धड्कनले उहाँलाई नै खोजि रहेको छ । शब्द शब्ले मन तड्परिहेको छ । १ चिम्टी सिन्दुरले जोडिएको हाम्रो नाता सम्बन्ध यिनै समयबाट पखालिएर उजाड बनेको अवस्था छ । मेरा श्रीमानलाई समर्पित गर्दै सानु एक लेख लेखेकि छु । हुन त म कवि, लेखक केही कोइन म जन्मिएदेखिका भोगाइका आधारबाट केही २–४ अक्षर कोरेकि हुँ । यो समय र उत्प्रेरणा समाजलाई धेरै धेरै धन्यवाद टत्र्‌mयाउँछु । किनकी मेरो यो अवस्थामा मेरा मनका कुराहरु भोली मेरा हातले कोरिएका केही शब्दहरुले किताब निबन्ध, कथा बनोस् । मेरो मृत्यु पश्चात पनि किताबका पाना पल्टाउँदा भविष्यसम्मका हरेक कर्णधारले राम्रो नभए पनि देख्न, पढ्न पाउँछन् । यहिलाई नै मैले गौरव मान्छु । समय कति उर्जाशील छ जे गर्‍यो समय आएरै गर्‍यो जे भयो समय आएरै भयो जे गर्छ समयले नै गर्छ भन्दै मेरो यो सानु प्रयासलाई नमिले मिलाएर पढि दिनुहोस् मिलाएरै सुनिदिनुहोस र मिलाएरु बुझिदिनु होस् । मेरा कमि कमजोरी साधार्ने अवश्यक मौका पाउनेछु । साथै गल्ती भएमा क्षमाप्रार्थी छु ।
केही मैले देखेका बुँदाहरु

१. आप्‌mना सन्तानलाई संस्कार पछि मात्र शिक्षा ।
२. आफूसँग भएका सम्पत्ति जे जतिछन् अरुलाई नदिने ।
३. औषधि र स्वास्थ्य चेक २–३, महिनामा गराउने व्यवस्था मिलाउने ।
४. हाम्रा जेष्ठ नागरिकलाई वृद्ध आश्रममा लाने प्रकृया बन्द गरी सम्मानका साथ आप्‌mना सन्तानले माया ममता सहित कर्तव्यको बोध गर्नुपर्ने ।
५. समाजमा एक्लो नभएर केही गर्न सकिँदैन भन्नेकुरा अवगत गर्ने ।
शुशीला लम्साल
टोखा–४, जेष्ठ नागरिक सचिव
वर्ष ७१
मितिः २०८१ बैशाख १९ गते