ऋषिराज ‘विप्र’

टोखा–४, धापासी, काठमाडौं

ऋषिराज ‘विप्र’
टोखा–४, धापासी, काठमाडौं
मेरो जन्म २००९ साल ज्येष्ठ २३ गते विहीबार सिन्धुली जिल्लाको पूर्वी भेगमा पर्ने दुर्गम गाउँमा सुम्नाम सुन्तलेमा भएको हो । यो गाउँ हाल सुगम बनिसकेको छ । पहिले राजधानी आउन ४–५ दिनको पैदल यात्रा गर्नु पर्थ्यो भने हाल राजधानीबाट बिहानै हिँडे १२ बजे सुम्नाम बेसी पुगिन्छ । सुनकोशी नदिको दक्षिणी किनारमा रहेको हाम्रो बेसी र सुम्नाम गाउँमा खेल्दै उफ्रदै मेरो बाल्यकाल वित्यो । गाउँले परिवेशमा पिताजीको राम्रो ख्याति रहेको र तुलनात्मक रुपमा आर्थिक अवस्था पनि राम्रै भएकाले गरिबिको पिडा चाहिँ मैले व्यहोर्नु परेन । पछि पिताजी पटक–पटक प्रधानपन्च हुनुभएको र शिक्षाप्रति सचेत हुनुभएकोले ब्रतबन्धपश्चात गाउँमा भन्दा ३ कोश पूर्व गुरु टीकादत्त बरालको सानिध्यमा रहेर लगभग ३ वर्ष संस्कृत एवं अंग्रेजी सँगसँगै अध्ययन गरें । त्यसपछि रामेछापमा २ वर्ष काठमाडौं पद्मोदय हाइस्कुलमा १ वर्ष जनकपुरमा २ वर्ष पढेर आप्‌mनो प्रवेशिका –एस एल सी) परीक्षा सम्पन्न गरें । प्रवेशिका परिक्षा उत्र्तीण गर्ने म आप्‌mनो तत्कालिन गाउँ पञ्चायतको पहिलो विद्यार्थी हुँ । मेरा दिंगत मातापिताका १० सन्तान मध्ये म जेठो र म पछि ६ बहिनी ३ भाई जन्मेकामा माहिलो भाई २ वर्ष अगाडि ब्रम्हलिन भइसक्यो । मेरा कालान्तरमा २ छोरा –कुन्तल र कुन्दन) भए जो हाल अा आफ्नाे पेशामा क्रियाशील छन् । जेठो कुन्तल माध्यमिक तहको विज्ञान शिक्षकका रुपमा कार्यरत छ भने कान्छो कुन्दन काठमाडौं मै एउटा गैरसरकारी संस्थामा संलग्न छ ।
मैले २०३० सालमा त्रिचन्द कलेजबाट बि.ए. अनर्स (नेपाली) र २०३९ सालमा ठाकुरराम बहुमुखी क्याम्पस बीरगंजबाट सेवाकालिन १ वर्षे वि.एड उत्र्तीण गरेको हुँ । २०३२ साल माघ १० गतेदेखि धनुषा जिल्लाबाट शिक्षण पेशामा प्रवेश गरी २०६८ सालमा अवकाश प्राप्त गर्दा म ५९ वर्ष २३ दिनको मात्र थिएँ । ६० वर्ष नुपुगी अनिवार्य अवकाश प्राप्त गरेकाले अन्याय भएको ठानी सर्वोच्च अदालतमा रिट दायर गरेर आप्‌mनो उमेर खुलेका यावत शैक्षिक प्रमाणपत्रहरु देखाउँदा पनि नागरिकतामा १९ वर्ष लेखिएको आधारमा मलाई अवकाश दिएर मुसलमान न्यायधिशद्वारा अन्याय गरियो । सर्वोच्च अदालतमा जानेले सही नयाय पाउँछन् भन्ने कुरामा मलाई चाहिँ विश्वास लागेन ।
अब जागिरे जीवनतिर लागौं । मैले लगभग ३१ वर्ष धनुषा जिल्लाका विभिन्न माध्यमिक विद्यालयहरुमा अध्यापन गरें । यस बीचमा मैले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक शिक्षकरुको प्रशिक्षका रुपमा विभिन्न जिल्लाहरुमा गई विभिन्न तहका शिक्षकहरुलाई सेवाकालिन तालिम दिएँ । धनुषा जिल्ला मा १२ पटक एस.एल.सी परिक्षामा सर्लाही र सिन्धुली जिल्लाको सुपरीवेक्षक बनेर पनि खटें । २०४४ सालमा नागरिकता टोलिको प्रमुख भएर धनुषा जिल्लाको ५ नं क्षेत्रमा करिब २२०० नागरिकता वितरण गरेको छु । मैले नागरिकता दिएका मध्ये नेपाली काँग्रेसका भू.पू मन्त्री आनन्दप्रसाद ढुङ्गाना पनि पर्दछन् । मैले पञ्चायतकालमा मतदान अधिकृत भएर गाउँपञ्चायत र नगरपालिकाका वडाहरुको निर्वाचन पनि सम्पन्न गरेको छु । एस.एल.सी परिक्षाका उत्तरपुस्तिकाहरु जाच्ने क्रममा पछि प्रधान परीक्षक भएर हजारौं हजार उत्तरपुस्तिकाहरु संपरीक्षण समेत गरें कयौं पटक नेपाली विषयका एस एल.सीका प्रश्नपत्रहरु निर्माण गरेको छु ।
म जनकपुरको कन्या माध्यमिक विद्यालयको प्रधान अध्यापक हुनुभन्दा पहिले योग्य नेपाली शिक्षकको पहिचान प्राप्त गर्न सफल भएको थिएँ । यसका लागि मैले लेखेका दुइवटा पुस्तक “नेपाली साहित्य चन्द्रिका” भाग–२, ले महत्वपूर्ण भूपमका खेलेका थिए । ट्युसन पढ्न जिल्लाका मात्र होइन छिमेकी जिल्लाका समेत विद्यार्थीहरुको घुइँचो बढ्दै गयो । फलतः मैले डेस्क, बेन्च ब्ल्याकबोर्ड आदिको व्यवस्था गरेर प्रति सेसन २० छात्र–छात्रालाई राखेर ५ सिप्‌mट पढाउन थालें । आफूले सिफ्टमा अटाउन नसकेका विद्यार्थीहरुलाई अन्यत्र रिफ गर्थे । यही ट्युसनको आयले काठमाडौंमा घडेरी समेत जोडियो तर प्र.अ. भएपछि भने नाम भए पनि दाम भने ह्वात्तै घट्यो । जनकपुरमा राम्रो घडेरीमा आकर्षक घर बनाएर बस्न सक्ने आर्थिक सामर्थ्य मलाई ट्युसनले नै प्रदान गरेको हो भन्नमा लाज मान्दिन । प्र.अ. बनेपछि भने ट्युसनलाई पूर्णरुपमा तिलाञ्जली दिएँ ।
लेखनमा विशेष रुची भएकाले म पत्रपत्रिकाहरुमा कविता, कथा, लेख रचनाहरु बारम्बार प्रकाशित गर्थै । मैले कविगोष्ठीहरुमा पाएका प्रथम एवं द्वितीय पुरस्कारका प्रमाणपत्रहरु दराजमा थन्किएका छन् । आफ्नो विद्यार्थीकालको पढाइमा पनि कक्षा ७ मा तृतीय भएपश्चात कुनै कक्षा र तहमा पनि मैले आफूभन्दा जान्ने विद्यार्थी देख्न पाइन । ७ कक्षापछिका सबै कक्षा र तहमा आफै सर्वोपरी रहेँ । जीवनमा प्रायः सबैले व्यहोर्नुपर्ने आरोह र अवरोका घटनाहरु अनगिन्ती भए पनि यो छोटो परिचयभित्र तिनको निरुपण सम्भव छैन तापनि जीवनको एउटा घटना उल्लेख गर्नै पर्ने ठानेको छु । त्यो हो मेरो विस्थापनको घटना । म प्र.अ. भएको केही वर्षपछि मधेमा पहाडिया विरोधी मधेसी जनअधिकार फोरमको आन्दोलन चर्कियो । त्यसैबेला मलाई कुख्यात आतंकवादी ज्वालासिंहले पहाडियालाई भगाउनका लागि गोलि गठ्ठा र हतियार किन्न रु ५ लाख चन्दा दिनुपर्ने भनेर पत्र पठायो । आन्दोलनको रापले सर्वत्र बन्दाबन्दी थियो । बाहिर निस्कने अवस्था थिएन ज्वाल सिंहले जतिखेर जे पनि गर्न सक्थ्यो । परिणामस्वरुप २०६३ साल माघ १७ गते त्यो पत्र लिएर लुकिलुकि भागेर काठमाडौं आइपुग्न सफल भएँ । पत्र लगेर शिक्षा विभागका तात्कालिन महानिर्देशक जनार्दन नेपाललाई देखाएपछि परिस्थितीको गम्भीरतालाई मनन गरेर उहाँले काठमाडौंमा कतै ठाउँ खोज्न भन्नुभयो । महिनौं पछि फर्पिङको सतिखेलमा मा.वि.मा ठाउँ पाएर सरुवा भई आफ्नो बाँकी ४ वर्षे कार्यकाल पुरा गर्न पाएँ । मैले ज्वालासिंहको आतंकबाट विस्थापित हुनुपरेको सम्पूर्ण कथा एफ.एम. रेडियोको कयाकैरन र कान्तिपुर दैनिकले त्यसैबेला विस्तृत रुपमा प्रसारित प्रकाशित गरेको थियो ।
आर्थिक रुपमा हाल मलाई कुनै समस्या छैन, मा.वि. दोस्रो श्रेणीको राम्रै पेन्सन आउँछ । टोखा–४ धापासीमा साढेतीनतले घर बनाएर आरामका साथ अवकाशका दिनहरु व्यतित गरिरहेपनि मेरो दाम्पत्य जीवन चाहिँ त्यति सुखद रहेन । श्रीमतीलाई खर्चका लागि प्रतिमहिना रु २० हजारका दरले दिएर म छोरा–बुहारीको भान्सामा बेग्लै खान्छु । यस्तो किनभयो भन्ने परिचर्चा यो छोटो लेखमा सम्भव नभएकाले यो संक्षिप्त परिचयाक टिप्पणीलाई यहि विटमार्ने अनुमति चाहन्छु ।