भ्याउनु पर्छ बिचराले अर्म अनि पर्मा
अझै खुसी हुन्नन् काेहि प्याउलीकाे घर्मा
एक बर्षमा बल्ल पाउछिन एक जाेडी बर्खो
त्यैतहोला तिनलाई दिने ल्याला एक बर्षको।।
दिनरात काम गर्ने जग्गा छैन आफ्नाे नाममा
एसाे मागीहेर्यो भने कुरा काट्छन गाउँमा
अझै धेरै बाेल्याे भने भन्छन पाेथी बास्छन
ठुलै स्वरमा बाेल्याे भने खिल्ली गरि हाँस्छन् ।।
अनुदान र सहयाेग आए पनि गाउँमा
कस्लाई भनाै कहाँ भनाै काेहि छैनन् ठाउँमा
जाउ भनेनी दाबी गर्न मनमा डर अनि भय
केरि पुगाैला र प्याउली छैन आफ्नै परिचय ।।
अब पिर नलिउ प्याउली नया दशक लागाे
झिल्का झिल्का जुधाएर बाल्नु पर्छ आगो
अब तोडनु पर्छ हाम्ले जेलियको धागो
एकअर्कालाई बन्नुपर्छ अब हामी सागाे ।।।