About Us

उत्प्रेरणा अनलाईन खबर सम्पूर्ण खबरहरूको सम्प्रेषण गर्ने एउटा प्रभावकारी माध्यम हो । यसले समाजका गतिविधीहरूलाई जस्ताको तस्तै दर्शक सामु पुर्याउने काम गर्दछ । यसले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका समाचार समेट्नुका साथै राष्ट्रियतहका समाचारका विभिन्न विधाहरूमा सजिलै पहुच पुर्याउछ । विधिवत रुपमा उधोग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वर काठमाण्डौं नेपाल, सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ताभई अनलाईन मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । अन्य मिडियासँग सम्बन्धन प्राप्त गरी खबरको दायरालाई फराकिलो पार्दै स्थापित भईरहेको छ । समाजमा रहेको विभिन्न क्षेत्रहरू जस्तै जेष्ठ नागरिक सेवा निवृत कर्मचारी, एकल महिला, पूर्व शिक्षक, युवा समुदाय, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि अभिन्न क्षेत्रको रुपमा लिएर व्यवस्थित रुपमा अगाडि बढिरहेको छ ।
देश विदेशमा समाचार सम्प्रेषण गर्ने जेष्ठहरूसँगको कुराकानीलाई जस्ताको तस्तै रेकर्ड गरी समाचारको रुपमा परिणत गरी युट्युव फेसबुक पेज टेलिभिजन र अनलाईन खबरको माध्यमबाट देश तथा विदेशमा रहनुभएका सम्पुर्ण हाम्रा भगवानरुपी श्राेता र दर्शक सामु  पुर्याउनु नै यस उत्प्रेरणा अनलाईन खबरको मुख्य उद्देश्य रहेको छ । विभिन्न संघ संगठनसँग ऐक्यबद्धता जनाउदै सूचना सम्प्रेषण गर्ने पनि यसको क्षेत्राधिकार भित्र रहेको छ । राष्ट्रकाे चौथो अंगको रुपमा आफुलाई स्थापित गर्दै कार्यक्रमको प्रकृति हेरी लाईभ प्रशारण गर्ने, डकुमेन्ट्रि बनाउने, सामाजिक कामहरू गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रियस्थारमा भए गरेका कामहरूको प्रशारण गर्ने काममा पनि आफुलाई परिचित गराउने रहेको छ । अन्त्यमा, यस उत्प्रेरणा अनलाईन खबर यहाँहरुको मायाको सदैव ऋणी हुनेछ ।