कैलालीको भजनी नगरपालिकामा आएको बाढीपछि बिस्थापित स्थानीय हुलाकी सडक किनारामा त्रिपाल टाँगेर बस्दै । उनीहरु आइतबार रातिदेखि बालबच्चा, सरसामान र बस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेको छन् । भजनीमा तीन सय १३ परिवार विस्थाापित भएको तथा चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएको पालिकाले जानकारी दिएको छ ।
तस्बिर -: दुर्गा देवकोटा / रासस