बोलबम पदयात्रा

केदारेश्वर महादेवमणी सेवाश्रम समितिको आयोजनामा सोमबार पोखरामा निकालिएको बोलबम पदयात्रामा सहभागी भक्तजनहरु । समितिले हरेक वर्ष आयोजना गर्ने बोलबम पदयात्रा पोखरा महानगरपालिका-१ गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित पोखरा महानगरपालिका-६ बैदामस्थित केदारेश्वरमा १०८ शिवलिङ्गमा जलार्पण गरिन्छ ।