संस्कृति जगेर्ना नेवाः संस्कृति झल्किने झाकी

संखुवासभाको खाँदबारीमा नेवार समुदायद्वारा नेवारी वेशभूषामा धिमे बाजासहित शनिबार निकालिएको नेवाः संस्कृति झल्किने झाकी । संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको पच्चीसदिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् ।