utprerana
  • गृहपृष्ठ
  • समाचार
  • देश
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • लेख रचना
  • शिक्षा
  • स्वास्थ्य
  • अनलाइन टि.भि

२०८३ असार ३२ बिहीवार

  • गृहपृष्ठ
  • समाचार
  • देश
    • संघीय
    • प्रदेश
    • स्थानीय
  • अनलाइन टि.भि
  • राजनीति
  • अर्थ
    • कृषि
    • बजार
  • विचार
  • अन्तर्वार्ता
  • लेख रचना
  • शिक्षा
  • स्वास्थ्य
  • अन्य
    • धर्म संस्कृति
    • मनाेरञ्जन
    • खेलकूद
    • अन्तर्राष्ट्रिय

ताजा अपडेट

ट्रेन्डिङ +

चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

Baideshik Rojgar Khabar Sujata Adhikari

२०८१ साउन २६ शनिवार ०७:४१

1.6K 

shares

गलकोट (बागलुङ), २६ साउनः चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि रु ३७ लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा रु २७ लाख सङ्घीय सरकार र रु १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ । असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ । विसं २०४७ मा रु ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो । तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताउनुभयो । विसं २०४७ मा रु ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ । ढुङ्गा माटोको मन्दिरलाई पुनःनिर्माणगरी ३४ वर्षअघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएकोसमेत छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ । मन्दिरको क्षेत्रफल बढाउन रु ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । तर मुख्य मन्दिर जीर्णोद्वार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनःनिर्माण गर्न सुरु गरिने बताउनुभयो । “मन्दिर जीर्णोद्धारका लागि सङ्घीय सरकारलाई रु एक करोड माग गरेका थियौँ, बजेट जम्मा रु २७ लाख आयो, प्रदेशले रु १० लाख विनियोजन गरेको छ”, ढकालले भन्नुभयो, “लामो समय मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्वारको काम भएको थिएन, समिति आएको एक वर्षमै मन्दिर जीर्णोद्वारका लागि बजेट आएको छ, बजेटले निरन्तरता पाए, दुई वर्षमा कालभैरव मन्दिर चिटिक्क पर्नेछ ।” बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताउनुभयो । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् ।

Powered By  Orson Infotech

Post navigation

पछिल्लाे समाचार

गुरही पर्वमा मनाउँदै थारु समुदाय

अघिल्लाे समाचार

गुरही पर्वमा मनाउँदै थारु समुदाय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा

लाेकप्रिय

Facebook Page

utprerana

Twitter Page

Tweets by utprerananews

सुनाैलाे अनलाईन खबरद्वारा सञ्चालित

utprerana

सम्पर्क

तारकेश्वर-०९, काठमाडाैं ।
+977-9860537220
info@utprerana.com

लिङ्कहरू

  • About Us
  • Our Team
  • Contact Us
  • Advertise with us

साइट नेभिगेसन

  • समाचार
  • लेख रचना
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकूद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • राेचक
  • विचार
  • अन्तर्वार्ता
  • राेचक
  • अनलाइन टि.भि
  • देश
  • प्रदेश
  • संघीय
  • स्थानीय
  • अर्थ
  • कृषि
  • बजार

© copyright 2026 Utprerana Online Khabar | All Rights Reserved

Developed by Multitech