शनिबार राती परेको अविरल बर्षाका कारण रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाँउपालिका–३ स्थित लेखर्कमा पहिरोमा परी वेपत्ता हुनेहरुको खोजी कार्य गर्दै स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाहरु । यस ठाँउमा पहिरोले ३ घर बगाउनुका साथै एक घर पुरेको थियो । पहिरोमा परी एकै परिवारका आमा छोरासहित ६ जनाको मृत्यु भएको थियो भने एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ र चार जना अझै बेपत्ता छन् ।