छोनाम (न्वागी) पर्व मनाउँदै

छोनाम (न्वागी) पर्व मनाउँदै
भरतपुर, २२ भदौ -: चितवनको रत्ननगर नगरपालिका–१० स्थित गामबेसी चेपाङ संरक्षण केन्द्रमा शनिबार ढ्याङग्रो ठोकेर छोनाम (न्वागी) पर्व मनाउँदै चेपाङ समुदाय । चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वागी घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाउने गरिन्छ । घरमा उत्पादन भएका अन्नको यसरी पूजा गरेपछि मात्रै खान मिल्ने परम्परा रहेको छ ।