राजमार्गमा ढल निर्माण गर्दै

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनमा बिस्तार योजनाअन्तर्गत साँगा–धुलिखेलको सडकखण्डमा पर्ने काभ्रेपलाञ्चोकको धुलिखेल बसपार्क क्षेत्रमा सडक संरचनाका लागि ढल निर्माण गरिँदै । भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड बिस्तार गर्न विसं २०७९ फागुनमा तीन वर्षमा सक्ने गरी निर्माण सम्झौता गरिएको थियो ।