जन्मस्थान स्याङ्गजा जिल्ला कटुवा चौपारी गाविस पछि पर्वतमा गाभियो त्यसपछि २०२० सालदेखि चितवन जिल्ला गितानगर गा.वि.स वडा नं. ६ इन्द्रपुरी बस्दै आउँदा गितानगरमा अरुणोदय मा.वि. मा उक्त विद्यालयको कार्य सञ्चालक समितिमा रही काम गर्दै आएको र २०२६ सालदेखि भरतपुर नारायणघाट हुँदै अन्तिम भरतपुर महानगरपालिका वडा नंं ४ संगम रोड बेलचोक बसोबास गर्दै आएको अराष्ट्रिय तत्वको आरोपका कारणले धेरै ठाउँमा बसोबास गर्नु परेको २०१८ सालमा अराष्ट्रिय तत्वको आरोपमा निर्वासित भई इन्डिया बस्नु परेको थियो । स्याङ्गजामा छँदैदेखि जेल बस्दे आउनु परेको चितवनमा पनि पटक पटक गरी जेल बस्नु परेको थियो । पटक पटक गरी ४ वर्ष जेल, पटक पटक गरी चारवर्ष निर्वासित भएको थिएँ साथै नेपाली काँग्रेसले प्रजातन्त्र पुर्नस्थापनाको लागि देशव्यापी २०४२ साल जेठ १० गतेबाट देशव्यापी रुपमा सन्चालन गरेको राष्ट्रिय जनमुक्ति आन्दोलनको सत्याग्रहमा सुरुको पहिलो दिनमा नै गिरफ्तार भई विरगंज जेलमा ९ महिना जेल बसेको पटक पटक गरी करिव ६ वर्ष जेलको यातना भोग्दै आएको र २०३२ सालमा नेपाली काँग्रेसको महासम्मेलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेता कार्यकर्ता भेला गैडाकोटमा सम्मेलन सन्चालन समिति रहेकोले ११ दिनसम्म संचालन भएको उक्त भेलामा लाग्ने खर्च म सन्चालक समिचिको सदस्य हैसियत र भरतपुर नगरसमितिको कारणले त्यहाँ हुने सम्पूर्ण खर्च म नारायणघाटका केही साथिहरुको सहयोग लिई सम्पूर्ण खर्च गरेको । उमेर नपुगे पनि २०११ सालदेखि पार्टीमा सम्मिलित रहि काम गर्दै आएको जुन आस्था र जिज्ञासा राखेर आएको व्यक्ति म हूँ तर आजसम्म देश र जनताको लागि केही गरेको देखिएन आजसम्मको नीति विचार देश र जनता प्रति केही भएन । देश बनाउँछौं, सुखी नेपाली समृद्ध नेपाल बनाउँछौं भन्ने भ्रष्टचारी नेताहरुको सम्पूर्ण कार्यशैली मै खाउँ मै लाउँ भन्ने सिवाय केही देखिएन खाली देखियो भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन काण्ड, काण्डैकाण्डले बढेका घुसिया एवं भ्रष्टाचारीबाट के हुने हिजो हाम्रो देशबाट कती धेरै सामानहरु बाहिर निर्यात हुन्थ्यो आज बाहिरबाट नल्यए खान पनि पाइदैन भोकभोकै मर्नु पर्छ । बाहिर केही गएको छैन अझ दिनहुँ हजारौं नेपाली विदेशिएका छन् । अब यस्ता भ्रष्टाचारी नेताबाट केही हुनेवाल छैन, त्यसकारण अब हामी सम्पूर्ण देशवासी नेपाली नरनारी दाजुभाई दिदी बहिनी अगाडि बढौं देश बनाऔं, भ्रष्ट नेताहरु सुल्झेर देश र जनताको लागि केही गरेर देखिाउने शक्ति मिलोस हे भगवान भनेर भारत अम्मरनाथ बाहेक सम्पूर्ण तीर्थमा गएर भगवानसँग प्रार्थना गरेर नेपालमा पनि पूर्व मेची देखि पश्चिम महाकालीसम्म गएर भगवानसँग पनि भ्रष्ट नेताहरु सुध्रेर देश र जनताको लागि केही गरुन भगवान भनेर देवी देवताहरुसँग प्रार्थना गरेँ तर यि नेता सुध्रिएनन, हे भगवान देश बचोस भन्दै प्रार्थना साथै हृदयदेखि प्रार्थना गरेको छु तर सुध्रेनन । सम्पूर्ण देवी देवताहरुसँग प्रार्थना गर्दै देश बचोस हे भगवान सम्पूर्ण देवी देवताहरुको जय होस् जय होस् जय होस् जय देश – जय नेपाल ।
अनन्त शर्मा पौडेल
टोखा नगरपालिका वडा नं ४
धापासी हाइट,
कृष्ण मन्दिर, लक्ष्मी टोल, काठमाडौं