नुवाकोटको सानो गाउँ तलोहिनोमा वि.सं. २०१८ साल फागुन १६ गते बुबा तिलाप्रसाद अधिकारी तथा आमा यम कुमारी अधिकारीको माइलो सुपुत्रको रुपमा म बाबुराम अधिकारी को जन्म भयो गाउँघरको परिवेशमा हुकर्दैै खेती बारीमा रुमलिँदै गर्दा २०४२ सालमा मेरो देव कुमारी रिमाल अधिकारी सँग विवाह भयो । जीवनको दुःख, कष्ट र परिवारको जिम्मेवारी मध्यनजर गर्दै म कलिलै उमेरमा काठमाडौं पसें ।
यसै अन्तरगत २०४१ सालमा नेपाल विद्युत प्राधिकरण ग्राहक सेवा निर्देशनालयमा काम गर्ने मौका मिल्यो र पूर्ण जिम्मेवारीका सथा ३५ वर्षसम्म ग्राहकलाई विद्युत सेवा दिई २०७६ फागुन १६ गते अवकास प्राप्त गरे । सन्तान जेठी छोरी सजिना अधिकारी, कान्छा छोरा राजेश अधिकारी तथा बुहारी शुभेच्छा अधिारी र जीवन सँगीनी देव कुमारी अधिकारी का साथ हाल टोखा नगरपालिका वडा नं ८ मा सँगसगै बसिरहेको छु ।
अवकास प्राप्त गरेपछि पनि यस क्षेत्रका विभिन्न सडक बत्ति मर्मत गर्दै विगत ३५ वर्षे सेवा अवधिमा प्राप्त ज्ञान र सीपलाई विभिन्न सामाजिक कार्यमा प्रयोग गरिरहेको छु । सबैलाई आफूमा भएको सीप आफ्नो देश, समाज तथा समुदायको लागि प्रयोग गर्नुहुन समेत विनम्र अनुरोध गर्दछु ।