अरनिको राजमार्गअन्तर्गत स्तरोन्नती भइरहेको काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा बर्षाका कारण सडक हिलाम्मे भएपछि मङ्गलबार रोकिएका यात्रुबहाक बस र सडकमा अलपत्र यात्रु । गत चैतमा स्तरोन्नतीको समयावधि सकिँदापनि निर्माण कार्य नसकिएको सडकमा विगत दुई वर्षदेखि यात्रु र चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।